दाङमा एकैदिन ७६ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ३ सय ८० पुग्यो

दाङमा एकैदिन ७६ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ३ सय ८० पुग्यो

दाङ, असार १० । दाङमा बुधबार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण्मा बंगलाचुलीका ४२ जना र घोराही उपमहानगरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा बंगलाचुली गाउँपालिका– २ का ४२ जना रहेको प्रतिष्ठानले जनाएको छ । ती मध्ये मध्य ३ जना महिला रहेका छन भने ३९ जना पुरुष रहेका छन् ।

अन्य घोराही उपमहानगर–१ का १२ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर १५ का २४ जना र घोराही मात्रै ठेगाना लेखिएका एक जना गरि ३४ जना व्यक्तिमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । तीमध्य तीन जना महिला रहेका छन् भने अन्य पुरुष रहेका छन् ।

यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । दाङमा हिजो मंगलबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Trending News