काठमाडौँ, असार १० । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ । बुधबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको सातौँ अधिवेशनमा महानगरकी उपमेयर हरिप्रभा खड्कीले बजेट प्रस्तुत गरेकी हुन् ।
महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुर्वाधार विकासमा बढी जोड दिएको छ । महानगरले प्रस्तुत गरेको बजेटको आधा भन्दा बढी रकम पुर्वाधार विकासमा खर्च गर्ने बताएको छ । पुर्वाधार विकासको लागि महानगरले ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार छुट्याएको छ ।
महानगरले सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ ।त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि एक अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरेको छ ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख र आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख बजेट रहेको छ ।