काठमाडौँ, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धी गरेको छ । मंगलबार साँझ सुचना जारि गर्दै निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजलमा प्रतिलिटर २ रुपैयाँको दरले मुल्य बृद्धी गरेको जानकारी दिएको छ ।
निगमले जारि गरेको मुल्यबुद्धी मंगलबार राति १२ बजेदेखि लागु हुनेछ ।
मुल्य परिमार्जनसँगै पर्सा (वीरगञ्ज) लगायत तराईका जिल्लामा पेट्रोलको प्रतिलिटर मुल्य ९९ रुपैयाँ ५० पैसा र डिजल प्रतिलिटर ८५ रुपैयाँ ५० पैसा कायम भएको छ । काठमाडौं उपत्यकामा भने थप डेढ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।