काठमाडौं, १९ जेठ । पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका, ३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका, २ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् ।
गोदावरी नगरपालिका, ३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई करणी गरेको उनीमाथि आरोप लगाइएको छ ।
उनलाई महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।