मााओवादी केन्द्रद्वारा चन्द्रागिरि नगरमा राहत वितरण

मााओवादी केन्द्रद्वारा चन्द्रागिरि नगरमा राहत वितरण

काठमाडौं, जेठ २७ । नेकपा (माओवादी केन्द्र) चन्द्रागिरि नगरसमितिले विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ ।

विहिबार चन्द्रागिरी नगरपालिका स्थित थानकोटको ड्रिम व्याङ्किवटमा आयोजित राहत वितरण कार्यक्रम आयोजना गर्दै नगरपालिकामा बसोबास गर्ने विपन्न परिवारहरुलाई राहत वितरण गरेको हो ।

नगरपालिकाका विभिन्न वडामा रहेका वटा कमिटिका प्रमुखहरुलाई आफ्नो वडामा रहेका विपन्न वर्गका परिवारमा खाद्यय सामग्रि वितरण गरिएको चन्द्रागीरि नगर कमिटिका नेकपा(माओवादी)का अध्यक्ष देवकृष्ण महर्जनले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारीमा दैनिक रुपमा उपभोग गर्नुपर्ने अत्यावसेक खाद्यय सामग्रीको पहुँच नभएका अत्यान्तै प्रभावितहरुलाई लक्षित गरेर पार्टीले सहयोग गरेको हो ।

वागमती प्रदेश कमीटिका ईन्चार्ज हितमान साक्यको प्रमुख आतिथ्य र प्रदेश कमिटी सदस्य तथा पुर्वसंविधान सभा सदस्य रुपा महर्जनको विषेश अतिथिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

Trending News