मदिरा माफियाको रिपोर्ट बजाउँदा टेलिभिजन पत्रकारको हत्या भएको खुलाशा !

दियो पोस्ट  

बीबीसी । भारतको उत्तर प्रदेशको प्रतापगढ जिल्लामा पत्रकार सुलव श्रीवास्तवको रहस्यमयी निधन भएको छ । एक इट्टा भट्टाको किनारामा उनको शव भेटिएको हो । प्रहरीले यो मृत्युलाई दुर्घटना बताइरहको छ ।

तर पविारले भने उनको मृत्यु नभई हत्या भएको आशंका गरेको छ । यो मामिलालाई लिएर राजनीति समेत चर्किएको छ । कांग्रेसका महासचिव प्रियंका गाँन्धी वाड्राले योगी सरकारलाई मुछेकी छिन् । यद्धपी उत्तर प्रदेशका प्रहरी अधिकारी आकाश तोमरले यो दुर्घटना नै भएका ठहर गरेका छन् । यद्धपी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तोमर भन्छन्,‘घटनाको समयमा कोही पत्यक्षदर्शी समेत थिए । उनीहरुले पनि दुर्घटना नै भएको बताएका छन् । अन्य जानकारी पोष्टमार्टम रिपोर्टपछि नै आउनेछ । घटना हुनु एकदिन अघि नै १२ जुनमा सुलभले प्रहरी र प्रशासन समक्ष आफ्नो हत्याको आंका गर्दै पत्र लेखेरै जानकारी दिएका थिए ।

पत्रमा उनले मदिरा माफियाका कारण आफ्नो ज्यान खतरामा परेको बताएका थिए । जसलाई लिएर उनलाई धम्की समेत दिइएको थियो । उनलाई २ दिनदेखि पिछा समेत गरिएको थियो । स्थानिय पत्रकार मनोज त्रिपाठीका अनुसार,‘असलहा उद्योगमाथि कारबाहीको खबर कभर गरेपछि राती ९ बजे उनी लालगन्जबाट मुख्यालयमा आउँदै थिए । बाटोमै यो दुर्घटना भएको हो ।

पछाडीबाट आइरहेका साथी पत्रकारले उनलाई जिल्ला अस्पतालमा भर्ना गर्न पुर्याएका थिए । तर, केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरे । सुलभकी श्रीमती रेणुका श्रीवास्तवका अनुसार उनले मदिरा माफियाको विरुद्ध खबर बजाउने अभियान चलाएका थिए । त्यसपछि नै केहीमानिस उनको पछाडी लागेका थिए ।

‘जब ठूला प्रहरी अधिकारीलाई उहाँले पत्र लेख्नुभयो । त्यो पत्र हामीलाई मोबाइलमा देखाउनुभएको थियो । घरमा कुरापनि भएको थियो । घरमा केहीमानिस पछि लागेका थिए । प्रशासनाई यसकारण पत्र लेखिएका थियो की सायद सुरक्षा मिलोस् । तर, त्योभन्दा अघि नै सबैकुरा गयो,’ उनले भनिन् ।


उता सुलभको मृत्युलाई लिएर राजनीतिक खलका नेताले सरकारमाथि निशाना साँधेका छन् । आम आदमी पार्टीका नेता सांसद सन्जय सिंहले यसलाई हत्या करार गरिदिएका छन् । उनले ट्वीट गर्दै लेअ‍ेका छन्,‘मदिरा माफियाको खिलाफ खबर बनाएका कारण युपीमा एक पत्रकारको हत्या भएको छ । जबकी एकदिन पहिले सुलभले उच्च प्रहरी अधिकारीलाई पत्र लखेर हत्याको आशंका जनाएका थिए । तर, सब सुतिरहेका थिए ।’

कांग्रेस महासचिव प्रियंका गान्धीले पनि पत्रकार सुलभ श्रीवास्तवको मृत्युलाई लिएर योगी आदित्यनाथ सरकारमाथि हमला गरेकी छिन्,‘के जंगलराजलाई पाल्ने पोस्नेवाला युपी सरकारसँग पत्रकार सुलभ श्रीवास्तवजीको परिवारजनको आँसुको केही जवाफ होला ?’