काठमाडौं, २ असार । अविरल वर्षका कारण पानीको वहाव बढेको बुढीगण्डकी नदीले चुमनुव्री गाउँपालिका–३ सल्लेरीको चार घर बगाएको छ ।
स्थानीय सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपति गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको प्रहरीले जनाएको छ । अन्य सात घर जोखिममा छन् ।
राति घर बगाउन थालेपछि स्थानीय सुरक्षित ठाउँतिर भागेका थिए । ‘अन्य घर पनि जोखिममा रहेकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको भन्ने खबर आएको छ,’ ।
सडक निर्माणका लागि सोही ठाउँमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्प पनि जोखिममा रहेको बताइएको छ ।
बुढीगण्डकीकै कारण जगतका तीन घर विस्थापित भएका छन् । पानीको वहाव नजिकै आएकाले कटान गर्न सक्ने भन्दै उनीहरु सुरक्षित ठाउँमा सरेका छन् ।