जाजरकोटमा वेपत्ता सातै जनाको सकुशल उद्धार

जाजरकोटमा वेपत्ता सातै जनाको सकुशल उद्धार

काठमाडौं, ४ असार । जाजरकोटको कुसे पाटनमा हावा हुरी चलेको बेला हराएका सातै जनाको सकुशल उद्धार गरिएको छ ।

शुक्रबार बिहान प्रहरी र स्थानीयको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको जाजरकोट प्रहरीले जानकारी दिए । उनीहरुको चार दिनपछि सकुशल उद्धार गरिएको हो ।

‘पाटनमा हराएका सातै जनाको सकुशल उद्धार गरिएको छ, उनीहरु चिसोले कठाङग्रिएको अवस्थामा भेटिएका छन् ।

केही तल झारेर आगो तपाउने, खाना दिने र प्राराम्भिक उपचार भैरहको छ,’ उद्धार टोलीलाई उधृृत गर्दै डीएसपी थापाले भने ।

कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैँसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएका थिए ।

कुसे पाटन ४ हजारदेखि ४ हजार ८०० मिटरको उचाइमा रहेको छ ।

Trending News