dgfª, * c;f/M c:yfoL sf7]k'n lgdf{0f ub}{ g]kfnL ;]gf gofFahf/ sf]tf]tkm{ cfjthfjt ug{ ;d:of ePkl5 dgfªsf] :ofNs' vf]nfdfly c:yfoL sf7]]k'n lgdf{0f ub}{ g]kfnL ;]gf . ut c;f/ $ ut] clj/n jiff{sf sf/0f cfPsf] af9Ln] k'n aufPsf] lyof] . tl:a/M gjLg nfld5fg]÷/f;;
काठमाडौं, ८ असार । मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ ।
खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो । चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ ।
असार ४ गते अविरल वर्षापछि आएको बाढीपहिरोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा सडक बगाएको छ । पुल बगाएपछि आवतजावतमा समस्या आएपछि अस्थायी काठे पुलको निर्माण गरिएको हो । रासस