गुडिरहेको टिपरमा आगलागी

गुडिरहेको टिपरमा आगलागी

काठमाडौं, ९ असार । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपरमा आज बिहान आफैं आगलागी हुँदा जलेर नष्ट भएको छ ।

इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । रासस

Trending News