बलात्कार प्रयास असफल भएपछि हत्या : यी हुन् सन्तोषीको हत्यामा संलग्न अभियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौं, १० असार । दक्षिणकाली मन्दिर नजिकैको शौचालयमा गत मंगलबार एक युवतीको शव निकै दयानिय अवस्थामा फेला पर्यो ।

विक्षिप्त अवस्थामा भेटिएको शवको पहिचान गर्न नै प्रहरीलाई हम्मेहम्मे पर्‍यो । विभिन्न किसिमका परीक्षणपश्चात उक्त शव युट्युबमा भाइरल युवती सन्तोषी सुब्बाको रहेको प्रमाणित भयो ।

शवको पहिचान खुलेपछि प्रहरी अभियुक्तको खोजीमा जुट्यो । अनुसन्धान पछि प्रहरीले सिन्धुपाल्चोक स्थायी ठेगाना भएका २९ वर्षीय सुरेश तिमिल्सिनालाई आज बिहान पक्राउ ग¥यो ।

पक्राउ पश्चातको प्रारम्भिक अनुसन्धानमा बलात्कार प्रयास असफल भएपछि ती युवकले सन्तोषीको हत्या गरेको खुल्यो ।

महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी सन्तोषी सुब्बाको हत्यामा संलग्न रहेका सुरेशलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार अभियुक्त सुरेश काठमाडौँको असनबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।

जंगलमा पु¥याएर यौनसम्पर्कको प्रस्ताव गरेपछि सन्तोषीले इन्कार गरेकी थिइन् । यौन प्रस्ताव अस्वीकार गरेपछि सुरेशले जरबरजस्तीकरणीको प्रयास गरेका थिए ।

जबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

उनले हत्या पश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दइएको हो ।

सम्बन्धित खबर

सिफारिस