प्रहरी हस्तक्षेपका कारण ‘दलित संघर्ष समिति’को आन्देलन बिथोलियो !

दियो पोस्ट  

११ असार, काठमाडौं । जातीय विभेदविरुद्ध काठमाडौंको माइतीघरमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको गरेको छ । ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’को आयोजनामा शुक्रबार गरिएको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरको अधिकारकर्मी रणबहादुर रम्तेलले जानकारी दिए ।

दलित भएकै कारण काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानले संचारकर्मी रुपा सुनारलाई सानो जात भएकै कारण कोठा भाडामा दिन अस्वीकार गरेपछि रुपा सुनारले असार ३ गते जाहेरी दिएकी थिइन् । रुपाको जाहेरीको आधारमा घरबेटी असार ६ गते पक्राउ परेकी थिइन् ।

पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ स्वयं बुधबार महानगरीय प्रहरी वृत्त सिंहदरवार पुगेपछि मन्त्री श्रेष्ठलाई कारवाही हुनु पर्ने माग सहित दलित अधिकार कर्मीहरुल् चरणबद्ध आन्दोलन जारी राखेका छन् । जातीय बभेदको अन्त्य गर, बिभेदकारी शिक्षा मन्त्रीलाई कारबाही गर, घरबेटी प्रधानलाई कानुन बमोपम कारवाही गर भन्दै आन्दोलनकारीहरुले नजारावाजी गरेका थिए ।

कोभिड १९ को संक्रमण हसन नदिन भन्दै गरिएको लक डाउनको समयमा भेला भएको भन्दै प्रहरीले आन्दोलनकारीलाई तितरबितर पारेको थियो । दलित अधिकारकर्मीले आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।