थप १९२० जना कोरोना भाइरस संक्रमित, २४ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं, १३ असार । बितेको २४ घण्टामा थप १ हजार ९ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

६ हजार जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप ३००७ जना निको भएका छन् ।

यससँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच बितेको २४ घण्टामा उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित खबर