कांग्रेसले बाढी र पहिरोबाट मृत्यु भएका परिवारलाई २५ हजार दिने घोषण

दियो पोस्ट  

काठमाडौं, १५ असार । नेपाली कांग्रेसले बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रुपैयाँ दिने भएको छ ।

कांग्रेसले वैशाख यता बाढी र पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई नगद रकम दिने भएको हो ।

कांग्रेस केन्द्रीय समितिद्वारा गठित बाढी–पहिरो विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘२०७८ सालको बाढी पहिरोबाट मृत्यु हुनु भएका व्यक्तिका परिवारलाई थोरै भए पनि मानवीय सेवाका हिसाबले प्रत्येक परिवारलाई २५ हजार नगद सहयोग उपलब्ध गराउने जानकारी गराउँछौं,’ संयोजक बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राहत प्राप्त गर्न मृतकको सनाखत हुनुपर्ने कांग्रेसले जनाएको छ ।