चरिकोट । दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउपालिका वडा नं ८स्थित गिरपानीमा रहेको नेपाल टेलिकमको ब्याट्री चोरी हुदा सेवाग्राही प्रभावित भएका छन् । ४८वटा ब्याट्री मध्ये एउटा चोरी भएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरिले जानकारी दिए ।
बाकी रहेका ४७ वटा ब्याट्रीको जडान टुट्ने र बाकी रहेका ब्याट्रीले प्रभाबकारी ढंगले काम नगर्ने हुदा विद्युत प्रशारण अबरुद्ध भएका बेला टेलिफोनमा आंशिक समस्या आउने र मोबाइल फोन तथा ईन्टरनेटले राम्रो सङ्ग काम नगर्ने हुँदा सेवाग्राहिमा समस्या पैदा भएको प्रमुख गिरिले बताए ।
दोलखाको उत्तरी क्षेत्रमा नेपाल टेलिकमको सिम प्रयोगकर्तामा व्यापक समस्या उत्पन्न भएको र केही बर्ष अगाडि मात्र खारेको गिरपानीमा टेलिकमको टावर राखे पछि गौरीशंकर गाउपालिकाका सबै वडामा राम्रो सेवा प्रवाह भएको र हाल केही समस्याहरु उत्पन्न भएको प्रमुख राजु गिरिले बताए। बिगु गाउपालिका स्थित लादुकमा राखिएको टेलिकमको टावरमा पनि सोही गिरपानीको टावरद्वारा रिले प्रशारण गरिएको हुदा सो टावरमा समस्या हुदा गौरीशंकर गाउपालिका लगाएत अन्य गाउपालिकामा समेत प्रत्यक्ष असर परेको उनले जानकारी दिए ।
प्रमुख गिरिका अनुसार केही महिना पहिला नै ब्याट्री चोरी भएको र यातायातको असुबिधाको कारण अनुगमन भएको छैन । हाल विद्युत नभएको बेला मोबाइलमा समस्या देखिएपछी केही ग्राहकले खबर गरे पछि मात्र आफुलाइ थाहा भएको र यस विषयलाइ सम्बन्धि पक्षसङ्ग कुरा राखिएको भएपनि त्यस ठाउसम्म पुग्न बर्षातको कारण बाटोहरु पहिरोले क्षति पुर्याएको प्रमुख गिरिले बताए । केही दिनमा परिस्थिति सहज भए काठमाडौं बाट सामान ल्याइ समस्याको हल हुने प्रमुख गिरिको भनाइ छ।
त्यस किसिमको ब्याट्री कुनै ठाउमा प्रयोग नहुने र स्थानियले नै लुकाइछिपाइ राखिएको हुन सक्ने हुदा छानबिन तथा खोजिको लागि प्रहरी प्रशासनलाई अनुरोध गरिएपनि कुनै चासो नदिएको प्रमुख गिरिको भनाइ छ । कम मुल्यको सामाग्री र क्षति कम भएपनी समस्या ठूलो उत्पन्न हुने हुदा आगामी दिन हुरु सरकारी सम्पतिमाथी चोरी तथा कुनै किसिमको क्षति हुने क्रियाकलाप नगर्न नगराउन स्थानीयलाई नेपाल टेलिकम दोलखा शाखाले अनुरोध समेत गरेको छ