बालुवाभित्र लुकाई राखेको अबस्थामा ३५० केजी गाँजा बरामद

diyopost.com
दियो पोस्ट  बुधबार, जेठ १८, २०७९ | १७:३०:१३

काठमाडौँ,। उदयपुरको बेलका नगरपालिकास्थित सशस्त्र प्रहरी बल रामपुर बेस क्याम्पले आज ठूलो मात्रामा गाँजा बरामद गरेको छ । सप्तकोशीको किनारमा बालुवाभित्र लुकाई राखेको अबस्थामा ३५० केजी गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक लिगम राईले बताए ।

उनका अनुसार सुनसरीको बराहा नगरपालिका –२ चतराको खयरटप्पु भन्ने ठाउँमा लुकाई राखिएको गाँजा फेलापरेको हो । मानिस हिडेको पाईतलाको गोहोबाट शंकास्पद देखिएपछि खोजी गर्दैजाँदा पुरेको अबस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको गस्तिटोलीले विहान ९ः०० बजेतिर शंकास्पद अबस्था देखेर बालुवा खोतल्दा गाँजा फेला परेको जनाएको छ । गाँजा तस्करले भारततर्फ लैजान पहाडि क्षेत्रबाट ल्याएर त्यहाँ गाँजा लुकाएको हुनसक्ने सशसत्र प्रहरीको अनुमान रहेको छ । बरामद गाँजा थप अनुसन्धानको लागि सुनसरी जिल्ला प्रहरी कार्यालय ईनरुवामा पठाईने प्रनि राईले बताउनुभयो ।

सम्बन्धित खबर