काठमाडौँ । लामो समयदेखि गायन क्षेत्रमा लागेका गायक राजेन्द्र बुढाथोकीको नयाँ सांगितिक कोशेली ‘सुगर फ्री भर्सेज रसवरी’ सार्वजिनक भएको छ । त्रिमुर्ती इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यस गीतमा गायक बुढाथोकीसंगै चर्चित गायीका अस्मिता अधिकारीको समेत स्वर सुन्न सकिन्छ ।
संगीतकार राजेन्द्र बजगाईंको संगीत रहेको यस गीतको रचनाकार डिपी खनाल हुन् । त्यस्तै, गीतको भिडियोमा सागर लम्साल बले, श्रीदेव भट्टराई र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।
गीत सार्वजनिक भए लगत्तै गायक बुढाथोकीले आफ्नो फेसबक मार्फत संगितिक यात्रामा सहयोग गर्ने दर्शक श्रोता तथा सम्पूर्ण टिमलाई धन्यवाद दिए । उनले भनेका छन्,– ‘तपाईहरुको माया र साथले गर्दा आज नयाँ सांगितिक ‘सुगर फ्री भर्सेज रसवरी’ लिएर आएको छु । आशा छ तपाईहरुले मन पराइदिनु हुनेछ ।’
गीतलाई जिवन्त बनाउन हरदम मेहनत गर्ने सबै टिम प्रति आभार ब्यक्त गर्दै गायक बुढाथोकीले गीतका रचनाकार, संगितकार तथा अभिनयमार्फत भिडियोमा सहयोग गर्ने कलाकारको मेहनतकै कारण गीतको भिडियो उत्कृष्ठ बनेको प्रतिकृया दिए ।
उनले सम्पूर्ण दर्शक र श्रोताहरुकै कारण आफ्नो सांगितिक यात्रा फराकिलो बनेको भन्दै गीत संगीतमा टिकिरहन प्रेरणा मिलेको बताए ।