काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् ।
नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो ।
काठमाण्डौका १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिनाशल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो ।
चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो । यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि उनले निकै सुरक्षित तरिकाले इण्डेस्कोपी गरी बिनाशल्यक्रिया निकालेका हुन् ।
उनले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे ।
४५ मिनेटको प्रयासमा बिनाशल्यक्रिया निकालिएको थियो ।