टिकाराम नेपालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतद्वारा म्याद थप

दियो पोस्ट  

काठमाडौं । २६ वर्षिय प्रेमिका बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका टिकराम नेपालीलाई थप अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले उनीमाथि अनुसन्धानका लागि ५ दिनको अनुमति दिएको हो ।

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालका अनुसार उनलाई शुक्रबार नै ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सचिवालय सदस्य समेत रहेका नेपाली ठमेलस्थित होटल एक्सेसमा पक्राउ परेका थिए । घरमा श्रीमती र छोरा छोरी समेत रहेका उनी अर्की युवतीसँग होटल पुगेका थिए । होटल पुगे लगत्तै ती युवतीले आफूमाथि बलात्कार भएको भन्दै प्रहरीको कन्ट्रोल रुममा फोन गरिदिएकी थिइन् ।

समाजवादीका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल लगायतसँग निकट सम्बन्ध रहेको बताउने उनी कुनै समय तत्कालिन सहरी विकास मन्त्री राम कुमारी झाँक्रीको आफ्नै भाई हुँ भन्दै हिँडेका थिए । केही व्यावसायीलाई मन्त्रीको सल्लाहकार नियुक्त गरिदिन्छु भन्ने प्रलोभन समेत देखाउँथे ।
उनलाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।