काठमाडैं । सकारको कूल बेरुजु बढेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कूल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड नाघेको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–७८ सम्मको लेखापरीक्षण गर्दा सरकारको यो अंकमा बेरुजु देखिएको हो। गतवर्ष मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो वर्षको बाँकी बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेकोमा यो वर्ष थप गरी यो तथ्यांक पुगेको कार्यालयले जनाएको छ। बेरुजुमध्ये गतवर्ष ५० अर्ब २९ करोड बराबर फर्छ्यौट भएको प्रतिवेदनमा उल्लेख छ।