राजीनामा सनाखत गरिदेने मान्छे नपाएपछि एआईजी विश्वराज पोखरेललाई ‘आपत्’

दियो पोस्ट  

काठमाडौं । सर्बोच्च अदालतले आईजीपी नियुक्ति विरुद्धको रिट खारेज गरिदिए पछि नैतिक शंकटमा परेका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

राजीनामा बोकेर प्रहरी प्रधान कार्यालयको प्रशासन प्रमुख एआईजी पूजा सिंहलाई भेट्न पुगेका पोखरेलको सनाखत गरि दिने समेत मान्छे नपाएपछि उनी केही समय प्रहरी प्रधान कार्यालयमा आफू भन्दा जुनियर प्रहरी अधिकारी सामू समेत निरिहका पात्र बनेका थिए । राजीनामा सनाखतका लागि बहालवाला तीन जना प्रहरी अधिकारीको हस्ताक्षर आवश्यक पर्दछ ।

लामो समयसम्म शक्तिशाली एआईजीको भुमिकामा रहेका पोखरेलले आफ्ना लागि तीन जना प्रहरी अधिकारी पनि पाउन नसकेको देखेपछि प्रधान कार्यालयका अधिकारीहरु एकआपसमा मुखामुख गरिरहेका थिए ।

एआईजी विश्वराज पोखरेलले आफूलाई आईजीपी नियुक्त गरी पाउँ भन्दै गत बैशाख १९ गते सर्बोच्च अदालमा रिट दायर गरेका थिए । लागातार ३ महिनाको सुनुवाईपछि सर्बोच्च अदालतले गत शुक्रबार उक्त रिट खारेज गर्दै आईजीपी धिरजप्रताप सिंहको नियुक्ति सदर गरेको थियो । उच्च स्रोतका अनुसार उनको राजीनामा स्वीकृत गर्ने मूडमा प्रहरी प्रधान कार्यालय छ ।

सम्बन्धित खबर