मौद्रिक नीति भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

दियो पोस्ट  

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।

मौद्रिक नीति सार्वजनिक भएपश्चात् भर्चुअल माध्यममार्फत साँझ ५ बजे पत्रकार सम्मेलन समेत गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

शुक्रबार नै सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गर्ने तय भएको हो । राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति सार्वजनिकका लागि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर