काठमाडौं । प्रतिनिधि सभाको बैठकले आर्थिक विधेयक २०८० पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सो विधेयक पारित गरेको हो।
अर्थमन्त्री डा प्रकाश शरण महतले सो विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि उपसभामुख रानाले संसद्मा निर्णयार्थ पेस गरेकी थिइन् ।
बहुमतबाट सो विधेयक पारित भएको छ ।