अर्घाखाँचीमा पहिरोः तीन बालबालिकाको मृत्यु

दियो पोस्ट  

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिंदा तीन जना बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पाणिनी गाउँपालिका–१ गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिंदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमल प्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार घटनामा १० वर्षिय धनबहादुर रास्कोटी, १२ वर्षिय खुमबहादुर रास्कोटी र ११ वर्षिय मञ्जु रास्कोटीको मृत्यु भएको हो । साथै पहिरोमा पुरिएका १४ वर्षे सचिन रास्कोटीको सकुशल उद्धार गरी उपचारका लागि पाल्पाको तानसेन पठाइएको छ ।
घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।