हेलिकोप्टर दुर्घटनाको अध्ययनका लागि भोलिसम्म छानबिन समिति बन्छ : मन्त्री किराँती

दियो पोस्ट  

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यस्तो बताएका हुन्। ‘कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ। अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ। भोलिसम्ममा गठन हुन्छ,’ उनले भने।

सरकारले पहिलो दिनबाटै हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै मन्त्री किराँतीले सरकारले नागरिकको सुरक्षामा काम गरिरहेको उल्लेख समेत गरे।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।