ललितपुर । १६ वर्षीया किशारीलाई अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललिपुर महाङ्काल गाउँपालिका–३ बस्ने २० वर्षीय सुमन न्यासुर रहेका छन् । ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा सुमनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
ती किशारी असार २२ गते वेलुकीदेखि हराएकी थिइन् । उनलाई सुमनले सोही गाउँपालिका–६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेका थिए ।
उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ ।
अपहरण तथा शरीर बन्धक सम्बन्धी के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग २ को परिच्छेद १७ मा अपहरण वा शरीर बन्धक सम्बन्धी विभिन्न कसुरजन्य कार्यहरुलाई अपराधीकरणी गरी कसूर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ । त्यस्तो कसूर गरेको ठहर भएमा
ट्रेन्डिङ खबर उपलब्ध छैन।