रोल्पा। रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष टंकबहादुर पुनको बिरामीका कारण बुधबार मध्यान्ह मृत्यु भएको छ । स्क्रब टाइफस कारण बिरामी भएका पुनको दाङस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
बुधबार दिउँसो १२ बजे मृत्यु भएका पुनलाई रोल्पाबाट उपचारका लागि अघिल्लो दिन दाङको घोराहीमा रहेको राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो ।
३९ वर्षीय पुनको मृत्यु भएपछि कांग्रेस रोल्पाले समेत दुःख व्यक्त गरेको छ ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।