दलित महिला संघद्वारा पत्रकार रिता बुढाथोकीलाई सम्मान

दियोपोस्ट संवाददाता

काठमाडौं । दलित महिला संघ(फेडो)ले पत्रकार रिता बुढाथोकीलाई सम्मान गरेको छ । उनको नेतृत्वदायी भूमिका र समानताका लागि साइकल यात्राको प्रशंसा गर्दै सम्मान गरेको हो ।

बुढाथोकीसँगै, संगीता नेपाली र इन्दिरा विश्कर्माले २० दिने मेची महाकालीसम्मको साइकल यात्रा पूरा गरेका छन् । वैशाख महिनामा तय गरिएको यात्राको नेतृत्व रिताले गरेकी थिइन् ।

फेडोकी संस्थापक अध्यक्ष दुर्गा सोभ, अध्यक्ष कला स्वर्णकार र महासचवि रेनु सिजापतीले उनको सहासिक कार्यको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता दिए ।

सम्बन्धित खबर

सिफारिस