
काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।
सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुल कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको हुन् ।
उनी विद्यालयबाट घर फर्किएर खेल्न भनेर निस्किएका थिए । पानी ठूलो परेकाले भेल आएको र त्यही नालाको खाल्डोमा परेर बगाएको काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए।
ती बालक अझैसम्म पनि फेला नपरेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापन लगायत विभिन्न निकायको टोली खोजी कार्य जारी रहेको महाराजगञ्ज प्रहरीले जनाएको छ ।
काठमाडौंमा हिजो आइतबार अत्यधिक वर्षा हुँदा साना खोला–खोल्सीमा बाढी आएको थियो । सामाखुसी, रानीबारी लगायतका क्षेत्रका घरमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ ।