
दाङ । गएरातिदेखि निरन्तर भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् । साथै पूर्व पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु डुबानमा परेका छन् ।
बाढीका कारण पानीको निकास नहुँदा घरहरुमा पानी पसेको लमही नगरपालिका–२ केरुनीया निवासी सुनिता चौधरीले बताइन् । उनीले भनिन् ‘घरहरुमा पानी पसेको छ । घर भित्रका सामानहरु जोगाउन मुश्किल परेको छ । देउखुरीमा बाढीको कारण लमही नरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रहरु डुवानमा परेको छ । लमही गढवा सडक खण्डस्थित बोदिपुर खोलामा बाढी आएका कारण गाडी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । लमही नगररपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् ।

