काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स) का सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठविरुद्ध मुद्दा नचल्ने भएकाे छ । बालबालिकासम्बन्धी कसुरमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।
१५ वर्षीया बालिकालाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा पक्राउ परेका सो क्लबका सञ्चालक सुवाल र श्रेष्ठलाई सरकारी वकिलले यसअघि नै ‘जिम्मा जमानी’ मा छाड्न निर्देशन दिइसकेकाे छ ।
जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँ आएका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । त्यसपछि बलात्कारमा संलग्न आरोपी सुदनबहादुर कोइरालालाई प्रहरीले पक्राउ गरेको थियो। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।
प्रहरीले यस प्रकरणमा काभ्रे स्थायी घरका क्लबका फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई, चितवन घर भएकी एलओडीकी २३ वर्षीया कर्मचारी सपना ढुंगाना र टोखा घर भएका क्लबका सिइओ ४४ वर्षीय रविन श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको छ ।
एलओडीका म्यानेजर सेढाईले भने ती नाबालिगसँग आएकी अर्की साथीले आफूभन्दा ठूली भएको बताएकाले प्रवेश गराएको बयान दिएका छन्।
ट्रेन्डिङ खबर उपलब्ध छैन।