सार्वजनिक यातायातको भाडा घट्यो

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले भाडा घटेको जानकारी दिए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशमा भाडा पनि घटेको हो । यसअघि नै यातायात मन्त्रालायले पनि  भाडा घटाएको थियो ।

पौडेलले भने, ‘लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । केहीबेरमा राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुने छ । सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो ।’

 

सम्बन्धित खबर

सिफारिस