एमालेको संसद् अवरोधबारे प्रचण्डले भने– स्पष्टीकरण दिने मौका नदिइ राजीनामा माग्ने संस्कार राम्रो होइन

दियो पोस्ट  

काठमाडौं । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले गरेको संसद् अवरोधलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्। प्रचण्डले स्पष्टीकरण समेत दिन नपाइकन राजीनामा माग्ने गरिएको भन्दै त्यो राम्रो संस्कार नभएको बताए।

सरकारको संलग्नता नभइ उक्त परिमाणको सुन बाहिरिन नसक्ने भन्दै एमालेले उच्चस्तरीय संयन्त्रको माग गरेको छ। एमालेसहित सत्ता पक्षका सांसदले समेत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका छन्।

इटाली भ्रमणबाट स्वदेश फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म साथीहरुसँग कुराकानी गर्छु। तर, हत्त न पत्त प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार जो बसेको छ। त्यो राम्रो होइन। स्पष्टीकरण दिने मौका नदिइ राजीनामा माग्ने राजनीतिक संस्कार राम्रो होइन।’