सप्तरीमा एक युवकको हत्या, अर्का घाइते

दियो पोस्ट  

सप्तरी । सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।
‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता नरेशकुमार सिंहले जनाकारी दिए ।
स्थानीयवासीले हिलोमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको सिंहले बताए ।

सिफारिस