हाडनातामा विवाह गर्नु हुन्न भनेर अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

दियो पोस्ट  

काठमाडौं। अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार पाण्डेविरुद्ध पक्राउ पुर्जी केही दिनअघि जारी भएको हो।

पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए । जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।

यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा हाडनाताभित्र विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् । उनले अपराधमा एउटा समुदाय नै सामेल हुने अासयकाे अभिव्यक्ति दिएकी थिइन् । उनकाे अभिव्यक्ति जातीय भेदभावजन्य कसुर समेत देखिएकाले पक्राउ पुर्जी जारी भएकाे हाे ।

पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।

सिफारिस