थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना

दियो पोस्ट  

काठमाडौं ।  थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना भएको छ। थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान पानीघाटनजिक गाडि सडकबाट खसेर भीरको बीचमा अड्किएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

गाडीमा पाँच जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएका छन्। अन्य बाँकीलाई सकुशल उद्दार गरिरएको डिएसपी अधिकारीले बताए।

थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको उनले बताए।