
बारा । बारामा वडाध्यक्षको कुटाइबाट युवक घाइते भएका छन् । जिल्लाको परवानीपुर गाउँपालिका– २ रामपुर टोकनीका वडाध्यक्ष डेब्बा भन्ने नोरुलहोदा अन्सारी र उनका आफन्तजनको कुटाइबाट स्थानीय युवा सन्दीप रायभर घाइते भएका छन्।
यस विषयमा वडाध्यक्ष अन्सारीसँग बुझ्दा केही महिनादेखि पूर्वाग्रही भएर सामाजिक सञ्जाल फेसबुकमा वडा नम्बर २ को कार्यालय र उनको बारेमा अनावश्यक अभिव्यक्ति लेख्दै आएकोमा सोधपुछ गर्दा झगडा भएको र लछारपछार हुँदा उनको खुट्टा र पिठ्युँमा चोट लागेको बताए।
वडाध्यक्ष अन्सारीलगायतको समूहको आक्रमणमा परेका रायभरको खुट्टा र पिठ्युँमा चोट लागेपछि उनीको वीरगन्ज बिर्तास्थित मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुकमा विरोध गर्दैमा घरपरिवारका व्यक्ति लगाएर सांघातिक आक्रमण गरी कुटपिट गर्नु न्यायोचित नभएको गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण साहले बताए। उनले वडामा विकास भएको र गुणस्तरीय नभएको सामाजिक सञ्जालमा लेखेर विरोध गर्दैमा कुटिनु जनप्रतिनिधिको गुन्डागर्दी शैली भएको प्रतिक्रिया दिए।