
काठमाडौं । काठमाडौंबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्लाको चन्द्रगिरी नगरपालिका–४ पानीघाट भन्दा माथि हिमचुली भन्ने ठाउँमा बा.१० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको रहेका छन् ।
काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ओभर स्पिड भई रोडबाट खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।