नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

दियो पोस्ट  

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका–६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए । पहिरोका कारण यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।