
पोखरा । पोखरा महानगरपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । गैरकानुनी रुपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेतृत्वको कार्यपालिका बैठकले मणिपाल शिक्षण अस्पताललाई २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा छानबिन गर्न अख्तियारले मङ्गलवार महानगरमा छापा हानेको हो ।
छापाबाट विभिन्न कागजात नियन्त्रणमा लिइएको अख्तियार पोखरा कार्यालयका जनाएको छ । पोखरा महानगरपालिकाले गैरकानुनी रुपमा मणिपाल शिक्षण अस्पतालको नक्सापासमा छुट दिई २० करोड घोटाला गरेको विषयमा पहिलो पटक दियोपोस्ट डटकमले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि पोखरास्थित स्थानिय संचार माध्यमले समेत खबर प्रकाशन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी पोखराले त अख्तियारमा मुद्दा नै दायर गरेको थियो ।
पोखराका मेयर धनराजको अर्को ‘भ्रष्टाचार काण्ड’ : २० करोड रुपैयाँ राजश्व घोटालाको प्रमाण !