तनहुँबाट अपहरण गरी नाबालिकालाई पोखरा पुर्याएर सामूहिक बलात्कार

भारतीय नागरिकसहित २ जना पक्राउ

दियोपोस्ट संवाददाता  

कास्की । अपहरण गरि जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुरका २१ वर्षीय अरूण कुमार दास र भारत बिहार प्रदेश सितामणी डुमरा थाना सुरसड पक्ष्मी–१ सुरसड गाउँ १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले असार १७ गते बिहान तनहुँकाे म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई ललाई फकाई ग.८ प. ४२८० नम्बरको मोटरसाइकलमा राखेर कास्की पोखरा पुर्यएका थिए । पोखरा महानगरपालिका–११ रानीपौवास्थित उनीहरूको कोठामा बन्धक बनाएर सामुहिक जबरजस्ती करणी गरेको खुलेको छ । उनीहरुले जबरजस्ती करणी गरेर पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरू माथि जिल्ला अदालत कास्कीबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा ८ दिन म्याद थप अनुमती लिएर थप अनुसन्धान भइरहेको छ ।