चौधरी ग्रुपले भित्र्यायो नथिङ ब्रान्डका फोन, स्मार्ट वाच र एयर बड्स

दियोपोस्ट संवाददाता  

काठमाडौं । चौधरी ग्रुपले नथिङ ब्रान्ड नेपाली बजारमा भित्र्याएको छ। सीजी मोबाइलले बेलायती ब्रान्ड नथिङका सीएमएफका ३ वटा प्रोडक्ट सार्वजनिक गरेको हो।

नथिङ टेक्नोलोजीका फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ। नथिङको नेपालका ब्रान्ड एम्बस्डर प्रदीप खड्का छन्। खड्काले भविष्यको मोबाइल ब्रान्ड नथिङ हुने बताए।

नथिङले एयर बड्स, स्मार्ट वाच लगायतका प्रोडक्ट ल्याएको छ। जुन १० मिनेट चार्ज गर्दा १० घण्टा प्रयोग गर्न सकिन्छ। स्मार्ट वाच ग्राहकले आफूअनुकूल कस्टोमाइज गर्न सक्छन्।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले १० वर्षअघि मोबाइल व्यापार सुरू गरेको बताए।