
काठमाडौं । राजधानीको ठमेल जेपी स्कुल नजिकै रहेको होटल मुड्खु दरबारमा एक युवतीमाथि बलात्कार भयो । गत वैशाख १४ गते भएको यो घटनामा पीडक भनिएका युवाले आत्महत्या प्रयास गरेपछि यो घटना बाहिर आएको हो । पीडित युवतीले बलात्कारको जाहेरी दिने धम्की दिएपछि पीडक बनिएका भक्तपुर निवासी सुहान्त केसीले आत्महत्याका लागि घरको छतबाट हामफालेका थिए । राजधानीको माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा लामो उपचारपछि प्रहरीमा बयान दिन पीडक भनिएका केसी पुगेका थिए ।
यस्तो छ घटना विवरण
सुहान्तसँग सन् २०२३ अगस्टमा एक युवतीसँग चिनजान हुन्छ । सामाजिक संजाल टानटान नामको एप मार्फत उनीहरु नजिकिएका थिए । उनीहरुबीच ह्वाट्स एपमा कुराकानी हुन थाल्यो । पीडितले दिएको जाहेरी अनुसार २०८१ वैशाख १४ गते सुहान्तले पीडित युवतीलाई ठमेल घुम्न जाने प्रस्ताव गरेका थिए । भक्तपुर निवासी सुहान्तको प्रस्ताव अनुसार ती युवती ठमेल जान राजी हुन्छिन् । सोही अनुसार सुहान्तले आफ्नो साथीको नाममा रहेको सुजुकी ब्रेजा गाडीमा साथीहरुसहित ललितपुरको लबिम मलमा ती युवतीलाई लिन जान्छन् । ठमेल पुगेपछि उनीहरु एक रेष्टुरेन्टमा जुस खान्छन् । पीडित युवतीले आनाकानी गर्दा गर्दै पनि आफूलाई जबरजस्ती होटल मड्खु दरबारमा पुर्याएको बयानमा उल्लेख छ । आफूलाई नसामा पारी राती ११ बजेर ५० मिनेट जाँदा पटक पटक जबरजस्ती करणी गरेको पीडित युवतीले बयान दिएकी छिन् । भोलीपल्ट आफूलाई फेरी एक पटक बलात्कार गरि घर पठाएको उनको भनाई छ । यता पीडक भनिएका केसीले भने प्रहरीमा दिएको बयानमा आफूले अन्य युवतीलाई मनपराउँछु भनेकै भरमा आफूमाथि बलात्कारको जाहेरी दिने धम्की दिएको र सोही धम्कीका कारण आफूले आत्महत्या प्रयास गरेको बताएका छन् ।
केसीका अनुसार उनीसँग नजिकिएकी युवतीले आफूलाई केटा साथीले प्रेममा धोका दिएको बताउने गरेकी थिइन् । प्रहरी निगरानीमा उपचार गराइरहेका केसीका अनुसार गत वैशाख १४ गते पीडित युवतीले नै उनलाई होटलमा भेट्न बोलाएकी थिइन् । ‘आज भेटौँ न भनि म्यासेज गरेकी रहिछन् । साथै ओयो होटल लान्छौ की कता लान्छौ ? सेक्स सम्बन्धी कुरा गरेपछि ठमेलमा भेट्ने सहमति भएको थियो । त्यसपछि मेरो बुवाको नाममा रहेको सुजुकी ब्रेजा गाडीमा अन्दाजी ९ बजे लबिम मलमा पिक गरेका हौँ,’ उनले बयानमा भनेका छन्,‘होटल काष्ठमान्डुमा कोठा बुकिङ गरि केही बेरमा होटल मुड्खु दरबारमा जाने योजना बनाई जाहेरवाला र मेरो अर्को साथी हिँड्दै उक्त होटलमा गयौँ ।’
उनका अनुसार होटलमा आइडी कार्ड समेत नभएपछि समिर प्रजापतिको नामबाट कोठा बुकिङ भएको थियो । होटलमा पुगेपछि पीडित युवतीसँग सहमतिमै आफूले यौन सम्बन्ध राखेको उनले बयान दिएका छन् । बलात्कार गरेको आरोप लगाउने युवतीले आफै इन्ड्राइभ गरेर घर गएको उनले बयानमा बताएका छन् । त्यसपछिका दिनमा ती युवतीसँग आफूले कुराकानी गर्ने क्रममा एक जना केटी साथी छ भनेर आफूले सुनाएको र सोही वाक्य सुनेपछि पीडित युवतीले झगडा गर्न थालेको बयानमा उल्लेख छ । ‘म उसलाई मन पराउँथे भनि म्यासेज निजले तिम्रो गलफ्रेन्ड हुँदा हुँदै मसँग किन शारिरीक सम्पर्क राख्यौ भनी मसँग झगडा गर्न थालिन् । मैले निजलाई मेरो गलफ्रेन्ड होइन, मैले मात्र मन पराउँथे भनी सम्झाई बुझाई गर्दा पनि निजले तेरो विरुद्ध रेप केस हाल्छु, तलाई जेल पठाइदिन्छु, तलाई जेल हालेन भने म आफै मार्छु भनी धम्की दिन थालिन्,’ उनले बयानमा भनेका छन् । त्यसपछि सोही धम्कीबाट डराएर सुहान्तले आत्महत्या प्रयास गरेको बयानमा बताएका छन् ।
‘त्यसपछि निजले रेप केस हालिन भने म जेल पर्छु वा सुसाइट गरिन् भने पनि म जेल पर्छु । मेरो भविष्य बिग्रन्छ, मेरो आमा बुवाको नाम खराब हुन्छ बरु म मरे भने सबैले शान्ती पाउँछ भनी २०८१ वैशाख १७ गते विहान ६ बजे समयमा आत्महत्या गर्छु भनि मेरो घरको तेस्रो तल्लाबाट हाम पालेको थिएँ । सो पश्चात होस आउँदा म अस्पतालमा थिएँ,’ बयानमा भनेका छन्,उपचारकै क्रममा निज जाहेरवालाले मेरो विरुद्धमा जबरजस्ती करणी मुद्दामा जाहेरी दिएको कुरा मैले थाहा पाएँ । हाल उपचार पश्चात मेरो अवस्थामा केही सुधार आएकाले मेरो बुवाको साथमा यस कार्यालयमा आएका छु । हाल पनि म हिँडडुल गर्न सक्ने अवस्थामा छैन । ह्विलचियरको सहायताले हिँडडुल गर्छु । उक्तदिन जाहेरवालासँग सहमतिमै सम्पर्क भएको हो ।’ जिल्ला सरकारी वकिल कार्यालयले उक्त अभियोग पत्र अदालतमा बुझाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको ईजलाशले आज शुक्रबार नै पीडक केसीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।