
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले अभिभावक गुमाएका १९ बालबालिकालाई आर्थिक सहयोग गरेको छ । अभिभावक बिहीन भएका १९ बालबालिकाले आइतबार नगरपालिकाबाट सहयोग लिएका हुन ।
अभिभावक नभएका कतिपय बालबालिका आफन्तकोमा बस्ने गरेका छन् । अभिभावक नहुदा आफन्तकोमा बसे पनी आर्थिक रूपमा बालबालिकाहरु समस्यामा पर्ने गरेका छन । उनीहरूको शिक्षाको लागि समेत सहयोग पुगोस् भन्ने उदेश्यले नगरपालिकाले आर्थिक सहयोग गरेको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताएका छन् । उनका अनुसार थोरै भएपनि बालबालिकालाई हौसला र आर्थिक सहयोग पुगोस भनेर १० हजार रूपैयाँका दरले सहयोग गरेको मेयर बस्नेतले बताए ।
आर्थिक सहयोग पाएपछि बालबालिकाले भने, हामीलाई यो सहयोगले थप हौसला मिलेको बालबालिकाहरूले बताए । “अब कापी, कलम झोला किनेर पढ्न पाउने भयौं” बालबालिकाले भने । आर्थिक सहयोग पाएका बालबालिकाहरू आफन्तकोमा बस्दै आएका छन् । उनीहरू कतिपयको बुवा बितेपछि आमाले दोश्रो बिबाह गरेको र आमा बितेपछि बुवाले दोस्रो बिबाह गरेर घरबाट अन्तै गएर बस्ने गरेका छन् ।
अभिभावक गुमाए पनी बालबालिकाहरू बिद्यालय भने जाने गरेका छन । बाह्रबिसे नगरपालिकाले निशुल्क शिक्षा तथा दिवा खाजा कक्षा १ देखि ८ सम्म खुवाउन थालेपछि उनीहरूलाई समेत सहज भएको छ । आइतबार नगरपालिकाले वितरण गरेकाे सहयोग नगरपालिकाको आर्थिक सहयोग बालबालिका संरक्षण कोषमा भएको बजेटबाट गरेको हो ।