सौर्य एयरलाइन्सको विमान दुर्घटना: जहाजमा थिए १९ जना यात्रु

क्याप्टेनको उद्धार

दियोपोस्ट संवाददाता

काठमडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।

सौर्यको ९ एन(एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको हो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ ।

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो। जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

जहाजमा १९ जना यात्रु रहेका थिए।

सम्बन्धित खबर

सिफारिस