
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एनएएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो । जहाजका पाइलट मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
