पपुलिजम एकाएक किन बढ्दै छ ?

मत्थिज रुदुजिन  

पपुलिजमलाई हामी नेपालीमा लोकरिझ्याँई भन्न सक्छौँ र यो साह्रै आकर्षक देखिन्छ । सन् २०१६ मा युरोपेली संघबाट बाहिरिने विषयलाई लिएर जब बेलायतमा जनमतसंग्रह अर्थात ब्रेक्जिट हुँदै थियो र अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएर राष्ट्रपति पदको सपथ लिँदै थिए, लोकरिझ्याँईको लहर त्यहाँबाट झनै बढेको हो ।

पत्रकारहरुले आवश्यक मात्रामा यसतर्फ ध्यान दिन छुटाएका पो हुन कि भन्ने देखिएको थियो । सन् १९९८ को एक वर्षमा द गार्जियनले ‘पपुलिजम’ वा ‘पपुलिष्ट’ उल्लेख भएका करिब तीन सयवटा लेख प्रकाशन गरेको रहेछ । सन् २०१५ मा भने एक हजारवटा लेखमा उल्लेख भएको रहेछ । त्यसको एक वर्ष लगत्तै यसको संख्या दोब्बर भएर दुई हजार पुग्यो ।

शब्दका रुपमा ‘पपुलिजम’ को बढ्दो प्रयोग केवल संयोग मात्रै होइन । पपुलिष्ट पार्टीहरुले गत दुई दशकमा आफ्नो मत तेब्बर बनाएका छन् । उनीहरु अहिले ११ वटा मुलुकमा सरकारमा छन् । पछिल्ला निर्वाचनहरुमा एक चौथाई भन्दा धेरै युरोपेली मतदाताले पपुलिष्टलाई छानेका छन् ।

यस्तो किन भयो होला ? यसको उत्तर पक्कै पनि सजिलो छैन् । पछिल्लो समय गरिएका प्राज्ञिक अध्ययनहरुले सिङ्गै पश्चिमा जगतमा यस्तो लोकरिझ्याँइवादी प्रवृत्ति व्यापक रहेको देखाएका छन् । धेरै मानिस अहिले सामान्य तथा सोझा–साझा मानिस ठगिएको महशुस गरिरहेका छन् ।

उनीहरु आफुलाई भ्रष्ट सम्भ्रान्तहरुले बेवास्ता गरेको तथा ठगेको अनुभव गरिरहेका छन् । यस्तो अनुभव गर्ने सबैले पपुलिष्ट दल र नेतालाई नै रोज्छन भन्ने त छैन तर उनीहरुले रोज्न सक्ने सम्भावना भने धेरै बढेर जान्छ । पपुलिजम वा लोकरिझ्याँई फस्टाउनुको पछाडी अनेकौ कारण हुन् सक्छन । तर, मुल कारण निम्नानुसार रहेको पाएको छ ।

पहिलो, जब समाजमा व्यक्ति एक्लो हुन्छ । मतदाताहरु स्वतन्त्र तथा उन्मुक्त अनुभुति गर्छन । निर्वाचनमा मतदानको प्रवृत्ति अधिक तरल हुन्छ । अर्थात जतासुकै फेरिन सक्ने अवस्था हुन्छ । यस्तो परिस्थितिले पपुलिष्ट प्रवृत्तिलाई वास्तविक पपुलिष्ट मतमा रुपान्तरण गर्ने सम्भावना धेरै हुन्छ । परम्परागत दलहरुप्रतिको एक तहको वितृष्णा बढेपछि मानिस पपुलिजमतर्फ ढल्कन्छन् ।

दोस्रो, जब मुलधारका वामपन्थी र दक्षिणपन्थी दलहरुको विचारधारा उस्तै हुन थाल्छ, त्यस्तो बेला पपुलिष्टले हुर्किने उर्वर जमिन पाउँछन । यस्तो अवस्थामा मतदाताले मुलधारका सबै पार्टीहरु उस्तै हुन भन्ने नारामा आकर्षित हुने सम्भावना बढ्छ । यसको राम्रो उदाहरण फ्रान्समा अहिलेको ‘नेशनल ¥याली’ लाई लिन सकिन्छ । उक्त दलले वामपन्थी र दक्षिणपन्थी दुबै दलको नाम जोडेर आफुलाई दुबैको गुण भएको दावि गरेको थियो । मुलधारका दलहरु वैचारिक रुपमा उस्तै हुन थाले पछि ठूलो वैचारिक स्पेस खाली हुन जान्छ । साथै उनीहरुसँग धेरै भिन्नता राख्ने व्यक्ति तथा समूहले अपमानित वा उपेक्षित महशुससमेत गर्छन ।

तेस्रो, विविध संकटहरुले पनि पपुलिष्ट प्रवृत्ति सक्रिय हुने सम्भावना बढाउँछ । उदाहरणका लागि वित्तिय संकटले मुलधारका पार्टीहरुलाई सहजै आलोचित बनाउँछ । उनीहरुलाई ‘स्थापित सम्भ्रान्त’ करार गर्दै सबै गडबड गराएको आरोप लगाउन सजिलो हुन्छ । युरोपेली आप्रवासी संकटले पपुलिष्टहरुलाई विद्यमान शासक विरुद्ध आलोचनाको खजानै उपलब्ध गराइ दियो । तत्कालिन शासकहरुले सीमा खुला राखेको तथा आप्रवासिको आवागमन रोक्न नसकेको आरोप लगाउन बाटो खुल्यो ।

चौथो, व्यापक भ्रष्टाचारले सोझै पपुलिष्टहरुका लागि बाटो खोलिदिन्छ । राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त भएको अनुभव हुनासाथ त्यसविरुद्द पपुलिष्टहरुका आरोपमा मानिसको विश्वास बढ्न थाल्छ । त्यसले व्यापक समर्थन बटुल्न थाल्छ । इटालीमा सन् १९९०को दशकको शुरुवातमा ठ्याक्कै यस्तै भएको थियो । घुसखोरी तथा नातावाद विरुद्धको राष्ट्रव्यापी न्यायिक छानविनको नतिजाले आममानिसलाई दलीय प्रणालीप्रतिको विश्वास गर्नै नसकिने ठाउँमा पु¥याई दियो । यस्तै घटनाले सिल्भियो वर्लुस्कोनी तथा उनको लिग जस्ता पपुलिष्टको उदयको बाटो खोलियो ।

अहिले पनि पपुलिजम फस्टाउनका लागि उचित जमिन पूर्ण रुपमा तयार भइसको छैन । त्यसका लागि पपुलिस्ट चुनौतीकर्ता शक्ति पनि तयार हुनुपर्छ । त्यसले बहालवाला दलहरु विरुद्ध आकर्षक विकल्प तयार गरेको हुनुपर्छ । आकर्षक विकल्पका रुपमा लिनका लागि उसले ठूलो संख्यामा असन्तुष्ट मानिसलाई आकर्षण गर्न सक्ने सन्देश दिन सक्नुपर्छ । अझै उल्लेखनीय नेता तथा व्यवस्थित पार्टी पनि भएको अवस्थामा यसले झनै ठूलो प्रभाव पार्न सक्छ ।

बदलिँदो मिडिया वातावरणले पनि यसमा ठूलो भुमिका खेल्छ । घट्दो नियमित ग्राहकको समस्याका कारण परम्परागत सञ्चारमाध्यम तत्काल विकाऊ शिर्षक र समाचारका पछि दौडन थाल्छन् । यसका लागि उनीहरुलाई विभिन्न काण्ड, घोटाला तथा संकटको होहल्लाले सहयोग गर्छ । यस्ता खबर तथा सन्देशले पपुलिष्टहरुलाई आकर्षित गर्छ ।

सामाजिक–राजनीतिक परिवेश भुगोल अनुसार पक्कै पनि फरक हुन्छ । त्यहि अनुसार पपुलिजमको स्वरुप पनि केहि फरक हुनसक्छ । उत्तरी युरोपका पपुलिष्टहरु प्रायः उग्र दक्षिणपन्थि खालका छन् । डेनिस पिपुल्स पार्टी, फिन तथा स्वेडिस डेमोक्र्याटिक पार्टी लगायत जातिद्वेषि राष्ट्रवाद बोकेका पपुलिष्ट हुन् ।

युरोपको यस क्षेत्रमा वामपन्थी लोकप्रियतावाद न्युन देखिन्छ । मजबुत अर्थतन्त्र तथा उदार कल्याणकारी प्रणालीका कारण नर्डिक मुलुकहरुमा उग्र वामपन्थी पपुलिष्टको आह्वान त्यति आकर्षक हुन सकेको छैन । दक्षिणी युरोपको अवस्था भने भिन्न छ ।

स्पेन, इटाली तथा ग्रीस जस्ता मुलुकमा पपुलिजम उग्र दक्षिणपन्थी प्रकृतिको छैन । वित्तिय संकटले यी मुलुकहरुमा धेरै प्रभाव पारेका कारण यस्तो भएको हुनसक्छ । यस्तो अवस्थामा त्यहाँ वामपन्थी लोकपृयतावादले ठाउँ पाएको हुनसक्छ । स्पेनको पोदेमोस पार्टी तथा ग्रीसको सिरिजा पार्टीले उग्र वामपन्थी चिन्तनलाई लोकरिझ्याँईमा मिसाएर आफ्नो प्रमुख विचारधारा तयार गरेका छन् ।

उता इटालीमा ‘फाइभ स्टार मुभमेन्ट’ ले विविध वैचारिक धारालाई लोकरिझ्याईवादमा मिसाइ दिएको छ । पश्चिम युरोपको कथा अलिक भिन्न छ । त्यहाँ उग्रवाम पक्षिय पपुलिष्टहरु त्यति सफल हुन सकेका छैनन् । यो क्षेत्रको अर्थतन्त्र दक्षिणी युरोपको तुलनामा बलियो भएका कारण पनि यस्तो भएको हुनसक्छ । यसमा अपवाद रुपमा आयरल्याण्ड छ ।

आयरल्याण्डले आर्थिक रुपमा त्यति प्रगती गर्न सकेको छैन । त्यहाँ सिन फेन नाममो उग्र वाम विचार बोक्ने पपुलिष्ट पार्टी छ । मध्य तथा पुर्वी युरोपेली मुलुकमा पनि अवस्था भिन्न छ । त्यहाँ पपुलिजमा राजनीतिको किनाराबाट उदाएको नभएर राजनीतिको केन्द्रमा रहेको छ ।

हंगेरीको ‘फिदेस्ज’ पार्टी तथा पोल्यान्डको ‘ल एन्ड जस्टिस पार्टी’ ले आफ्नो राजनीतिको शुरुवात नै मुलधारको पार्टीका रुपमा गरेका हुन् । पछि मात्रै उनीहरुले लोकप्रियतावाद अंगालेका हुन । अझै पछि गएर त स्थानियतावाद नै अंगाल्न पुगे । आफ्ना देशहरूमा अग्रणी दल हुनु अघि फरक छवि बनाएर आएका उनीहरुको अतिवादी विगत छैन ।

शुरुवातमा सम्मानजनक छविलाई बिगार्न सक्छ भनेर उनीहरुले चलाखी गरेका हुन सक्छन । जसले उनीहरुलाई शिर्ष दलको हैसियतमा पु¥याउन सहज बनायो । यी सबै भौगोलिक भिन्नताका बाबजुद सिङ्गै युरोपमा पपुलिजमका लागि उर्वर भुमि निरन्तर बढिरहेको छ । पपुलिष्ट पार्टीहरु पनि यसको उर्लदो लहरलाई समात्न तम्तयार देखिन्छन ।

लेखक रुदिजिन नेदरल्यान्डको आम्स्टरडम विश्वविद्यालयमा राजनीतिक समाजशास्त्रका प्राध्यापक हुन् । द गार्जियनबाट

सिफारिस