कर्णाली नदीमा यात्रुबाहक बस खस्यो, एक जनाको शव फेला

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दैलेखस्थित कर्णाली राजमार्गअन्तर्गत कर्णाली नदीमा यात्रुबाहक बस दुर्घटना भएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको बस बिहीबार बिहान करिब साढे ११ बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतरामा सडकबाट कर्णाली नदीमा खसेको हो।

सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कति जना यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन। दुर्घटनास्थलबाट हालसम्म एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा शव भेटिएकाले त्यसलाई निकाल्ने प्रयास भइरहेको डीएसपी थापाले जानकारी दिए।

प्रहरीका अनुसार बस सडकबाट करिब ६ सय मिटर तल कर्णाली नदीमा खसेको हो। घटनापछि उद्धार तथा खोजी कार्य जारी रहेको छ।

सिफारिस