ब्राजिलका स्टार फरवार्ड नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सन् २०२६ को फिफा विश्वकपको अन्तिम-१६ चरणमा ब्राजिल नर्वेसँग २-१ गोलअन्तरले पराजित भई प्रतियोगिताबाट बाहिरिएलगत्तै ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको बताएका हुन्।

मेटलाइफ स्टेडियममा भएको उक्त खेलमा नेयमार दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उनले इन्जुरी समयमा पेनाल्टीमार्फत ब्राजिलका लागि सान्त्वना गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। खेलपछि भावुक बनेका उनले भने, ‘मैले प्रयास गरें, तर अब यो सकियो। मैले यहीँबाट सुरुआत गरेको थिएँ र यहीँ अन्त्य भयो।

नेयमारले ब्राजिलका लागि सन् २०१० मा डेब्यु गरेका थिए। उनले राष्ट्रिय टोलीका लागि १३० खेल खेल्दै ८० गोल गरेका छन्, जुन ब्राजिलका लागि सर्वाधिक गोलको कीर्तिमान हो। उनी ब्राजिलका सर्वकालीन उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन्।

नेयमारले आफ्नो अन्तर्राष्ट्रिय करियरमा फिफा वल्र्ड कप सहित चार विश्वकप खेले पनि ब्राजिललाई विश्वकप उपाधि दिलाउन सकेनन्। उनले भने सन् २०१३ को कन्फेडेरेसन कप जितेका थिए र राष्ट्रिय टोलीका प्रमुख खेलाडीका रूपमा लामो समय योगदान दिएका थिए।

नेयमारको सन्याससँगै ब्राजिलियन फुटबलको एक युगको अन्त्य भएको विश्लेषण गरिएको छ। अब प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिलले नयाँ पुस्ताका खेलाडीलाई केन्द्रमा राखेर टोली निर्माण गर्ने अपेक्षा गरिएको छ।

सिफारिस