सम्पत्ति शुद्धीकरण मुद्दामा देउवा पुत्र जयवीरलाई अनुसन्धान विभागद्वारा उपस्थितका लागि पत्राचार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरसम्वन्धि अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयानका लागि उपस्थित हुन पत्र जारी गरेको छ।

विभागले सोमबार जयवीरका नाममा एक साताभित्र विभागमा उपस्थित भई बयान दिनुपर्ने उल्लेख गर्दै पत्र जारी गरेको हो। उक्त पत्र बुढानीलकण्ठस्थित देउवा परिवारको भग्नावशेष बनेको पुरानो घरमा टाँस गरिएको जनाइएको छ।

विभागद्वारा टाँस गरिएको पत्रमा जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान जारी रहेकाले बयानका लागि बोलाइएको उल्लेख गरिएको छ।

यसअघि पनि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो।

 

सिफारिस